पोखरामा घरबाटै लागू औषध बरामद, एक जना पक्राउ

पोखरा, १६ वैशाख ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख १४ गते साँझ करिब ५स्१५ बजे पोखरा महानगरपालिका–१५ चोरसाँघु क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उक्त कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले स्थानीय ५५ वर्षीय हेमकमल के।सी।को घरमा खानतलासी गर्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको जनाएको छ।

खानतलासीका क्रममा डाइजेपाम ८७ एम्पुल, फेनारगन ८७ एम्पुल र ब्रुफिनुर्फिन ८७ एम्पुल गरी जम्मा २६१ एम्पुल लागू औषध तथा ३९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले के।सी।लाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top