१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर गु्रपको साथ

पोखरा, १० वैशाख ।

१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाईटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो ।

टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच १० औं पोखरा स्पोर्टस अवार्डमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये उत्कृष्ट रहेको पोखरा स्पोर्टस अवार्ड संग सहकार्य गर्न पाउदा गौरव महशुस भएको बताए । खेलकुद क्षेत्रको बिकासका लागि पोखरा स्पोर्टस अवार्ड कार्यक्रम महत्वपूर्ण रहेको वताउदै खेलकुद क्षेत्रमा प्रदेशको गौरव बढाउन समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

त्यस्तै मञ्चका अध्यक्ष एमबी आस्था मगरले भलिवल प्रतियोगिता मार्फत गण्डकी प्रदेशमा बेग्लै पहिचान बनाउन सफल टाईगर ग्रुपको साथ र सहयोग पाउदा पोखरा स्पोर्टस अवार्ड आयोजक कमिटिमा थप हौसला बढेको बताए । विगत देखिनै सहकार्य गर्दै आइरहेको टाइगर गु्रप संगको सहकार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि ९राइनो क्याफे एण्ड शवार्मा स्टेशन०, शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, लामा कलेक्सन न्यूरोड पोखरा, हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top