सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छः विश्वप्रकाश शर्मा

काठमाण्डौं ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन् । उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्ययादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् ।

‘संविधानको धारा १२८९४० भन्छ– सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ,’ उपसभापति शर्माले ‘एक्स’ मा लेखेका छन्, ‘अर्थात बहुमत हुन बहुसंख्या हुनैपर्छ ।’१४ जेठ ०८१ मा सर्वोच्चले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्य हुने ब्याख्या गरेको थियो ।

उपसभापति शर्माले उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रुपमा यही नै भएको स्मरण गराएका छन् । शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई प्रश्न पनि गरेका छन् ।

‘शब्दमा भन्ने– ‘विगतका गल्ती सच्याउने’ । अनि कर्ममा उत्तर कोरिया पछ्याउने रु,’ उनले लामिछानेलाई ‘मेन्सन’ गर्दै लेखेका छन्, ‘जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन् । ८० वर्षे न्यायीक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो ?’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top