पौडी खेल्ने क्रममा फेवातालमा डुबेका बालकको सशस्त्र प्रहरीद्वारा उद्धार, उपचारका क्रममा मृत्यु

पोखरा, १८ वैशाख ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा एक बालक डुबेका छन्। खपौदी निवासी १० वर्षीय आरेस लामा तालमा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं। २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट उद्धार टोली तत्काल खटिएको थियो।

सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा गोताखोरसहित ७ जनाको टोली घटनास्थलमा पुगेको थियो। टोलीले खोजी अभियान सञ्चालन गर्दै करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको जनाएको छ।

उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा–१० रामघाट पठाइएको थियो। तर उपचारकै क्रममा दिउँसो १२स्१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

घटनापछि स्थानीयवासी तथा परिवारजन शोकमा डुबेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top