लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट

पोखरा ।

माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा चौथो माछापुच्छ्रे कप २०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं।४ को संरक्षकत्वमा हुने उक्त प्रतियोगिता वैशाख २६ देखि २९ गते सम्म लाहाचोक फुटबल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै आपसी सम्बन्ध सुदृढ बनाई खेलकुदमार्फत अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष पवन शर्मा अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, ढिकुरपोखरी युवा क्लब, सङ्गम युवा क्लब हेमजा युनाइटेड, गण्डकी प्रदेश आर्मी फुटबल टिम, विष्णुपादुका युवा क्लब, आरएस क्लब र गण्डकी प्रदेश प्रहरी फुटबल टिम गरी आठ टिमको सहभागिता रहने अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ ट्रफी, मेडल र प्रमाण पत्र उपविजेतालाई १ लाख ५५ हजार ५ सय ५५ रुपैया ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता अनुशासित टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १६ लाख ४० हजार लाग्ने र करिब १७ लाख सङ्कलन हुने अपेक्षा गरिएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियम अनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

चार वर्षपछि पुन सञ्चालन हुन लागेको यो प्रतियोगिता विदेशी खेलाडीको पनि सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । ‘स्थानीय स्तरका क्लब भएपनि राष्ट्रिय तथा विदेशी खेलाडी पनि समावेश गराउन पाइनेछ’ अध्यक्ष अधिकारीले भने, ‘पक्कै पनि सहभागी क्लबले आफ्नो टिमलाई मजवुद बनाउनका लागि राष्ट्रिय तथा विदेशी खेलाडी समावेश गर्नेछन् ।’

माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष मधुसुदन अधिकारीले प्रतियोगिताले यो क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता उद्घाटनको दिन झाँकी सहितको ¥याली निकालिने क्लबका सचिव सुशील श्रेष्ठले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top