करकै भारीले महँगिएको पेट्रोलः सरकारमाथि प्रभु साहको प्रश्न

काठमाडौं, ०८ वैशाख

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मुख्य कारण सरकारी कर संरचना रहेको भन्दै त्यसलाई पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय बजारबाट भारतको इन्डियन आयल कारपोरेसन (९क्ष्इऋ० मार्फत प्राप्त पेट्रोलको औसत मूल्य १४९ रुपैयाँ १७ पैसा रहेको उल्लेख गर्दै उपभोक्ताले २१९ रुपैयाँ तिर्नुपरेको अवस्थालाई “असंगत” भने।

उनका अनुसार पेट्रोलको मूल्यमा अत्यधिक वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारभन्दा पनि आन्तरिक कर र शुल्कको ठूलो भूमिका छ। नेपाल आयल निगमले भन्सार, सडक मर्मत, प्रदूषण, पूर्वाधार, हरित तथा मूल्य अभिवृद्धि कर ९ख्ब्त्० लगायतका विभिन्न शीर्षकमा कर उठाउँदै आएको उनले स्मरण गराए।

साहले यस्ता करहरू घटाइए उपभोक्ताले सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउने र महँगी पनि केही हदसम्म नियन्त्रणमा आउने दाबी गरे। उनले सरकारलाई “राजस्व बढाउने नाममा जनतालाई अनावश्यक बोझ नथोपर्न” आग्रह गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top