पोखरामा जुवातास खेलाउँदै गरेका १० जना पक्राउ

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्की ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ साल वैशाख २२ गते पोखरा महानगरपालिका–१३ काँहुखोला स्थित एक खाजाघरबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा नगद रु। ७७ हजार १८० र ८९९ पत्ती तास बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि “जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने” कसूर अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेत ले जानकारी दिएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top