एसईई नतिजा अब डिजिटल माध्यमबाट सहजै हेर्न सकिने

काठमाण्डौं ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ। नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूले एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

बोर्डका अनुसार नेपाल टेलिकमको ‘१६००’ नम्बरमार्फत एसएमएस, यूएसएसडी र आइभीआर सेवा उपलब्ध हुनेछ। त्यस्तै जानकी टेक्नोलोजीको ‘३५००१’ र एम्बिसन गुरुको ‘३१०६१’ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिनेछ।

यसपटक नतिजा डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ। विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटसहित विभिन्न १४ वटा अनलाइन पोर्टलमार्फत मार्कसिटसहित नतिजा हेर्न सक्नेछन्।

बोर्डले आधिकारिक स्रोतबाट मात्र नतिजा हेर्न सबै विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top