नाइजेरिया सैनिक कारबाहीः ज्यान गुमाउने जिहादी लडाकूको संख्या ५० जना पुग्यो

एजेन्सी ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत हप्ता भएको झडपमा परी मृत्यु हुने जिहादी विद्रोही लडाकूको संख्या ५० जना पुगेको छ। सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको हो।

उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले गत बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औं ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँचस्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकूहरूको मृत्यु भएको हो ।

झडपमा करिब ५० जना आतंककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छ भने दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको हो । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरहरूमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीरहरू देखाइएको छ। नाम नबताउने सर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टि गरेको हो। यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ।

अर्को गुप्तचर स्रोतले मृतक र घाइते भएका सैनिकलाई ६ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको जनाएको हो। बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनाहरूमा तुलनात्मक रूपमा शान्तिको अवधिपछि आक्रमणहरू बढाएका छन्। सन् २०१९ देखि सेनाले साना चौकीहरू बन्द गरेको हो।

आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरहरूमा आफ्नो सेनालाई पुनः सङ्गठित गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top