रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाण्डौं।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। पार्टीको सांगठनिक गतिविधि र आन्तरिक व्यवस्थापनका विषयमा महत्त्वपूर्ण निर्णय लिनका लागि यो बैठक आह्वान गरिएको हो।

बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्ने तय भएको छ। पार्टी स्रोतका अनुसार यस बैठकमा आगामी भेला तथा अधिवेशनको विशेष समयतालिका, विभिन्न आयोग र विभागहरूमा पदाधिकारीहरूको मनोनयनका विषयमा गम्भीर छलफल हुनेछ।

त्यसैगरी, बैठकमा कतिपय जिल्ला समितिहरू विघटन गर्ने र नयाँ संरचना निर्माण गर्ने सम्बन्धमा पनि कार्यसूची तय गरिएको छ।

पार्टीभित्रको अनुशासन कायम राख्न गरिने सम्भावित अनुशासनात्मक कारबाही, आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा अन्य विविध संगठनात्मक विषयहरूमा पनि सचिवालयका सदस्यहरूबीच विमर्श हुनेछ। रास्वपाले पछिल्लो समय आफ्नो सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउन यी कदमहरू चाल्न लागेको बुझिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top